जनकपुर,९ पुस । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन्। विहीबार भएको निर्वाचनमा उनले ९ सय ९६ मत ल्याएर विजयी भएका हुन्।
विवादका कारण रोकिएको कांग्रेस प्रदेश २ को अधिवेशनको मतदान बिहीबार भएको थियो। उनले विमलेन्द्र निधिको पक्षबाट चुनाव लडेका रामसरोज यादवलाई हराएका हुन्।
कूल एक हजार आठ सय ८१ मत खसेकोमा रामसरोजले ८ सय ५५ मत मात्र ल्याए। २८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। विमलेन्द्र निधिको पक्षबाटा चुनवामा गएका रामसरोज शेखर कोइराला पक्षले पनि साथ दिएको थियो।
बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
