राष्ट्रिय परिक्षा बोर्डमा महाश्रम शर्मा नियुक्त

राष्ट्रिय परिक्षा बोर्डमा महाश्रम शर्मा नियुक्त


  • 5.9K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    राष्ट्रिय परिक्षा बोर्डमा महाश्रम शर्मा नियुक्त

    काठमाडौं, ९ पुस । सरकारले राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    images

    मन्त्रीपरिषदका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको बताए । 

    त्यस्तै, क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परक्षा

  • तेस्रो आँखा
    लेखकबाट थप