निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता


  • 5.0K
    SHARES
    • श्रावण २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.6K Views

    निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

    काठमाडौं, २७ साउन । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

    images

    उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने भएपछि आन्दोलन स्थगन गरेका हौ ।’

    निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।

    हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरुले सनिबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।


    तेस्रो आँखा