माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता/ कम्युनिस्ट एकता भत्काउन खोज्नु मुर्खता: अध्यक्ष दाहाल

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता/ कम्युनिस्ट एकता भत्काउन खोज्नु मुर्खता: अध्यक्ष दाहाल


  • 8.5K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता/ कम्युनिस्ट एकता भत्काउन खोज्नु मुर्खता: अध्यक्ष दाहाल

    काठमाडौं, ९ पुस । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा आयोजित सभामा दुई पार्टीबीच एकता घोषणा गरिएको हो । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । 

    images

    मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए । एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् । मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्रलाई पार्टीमै फर्किनका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

    एकता कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले अहिले केही मान्छे गाउँगाउँमा शिला खोज्दै हिँडेको भन्नै व्यङगे गरे । उनले भनेः सुनारको सय चोट लोहारको एकैचोट भन्ने यो सन्देश दिन चाहान्छु’ उनको भनाइ छ । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षीत गर्दै कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न चाहाने शक्तीका कारण अहिले अबस्थामा आएको बताए । उनले एमालेसँगको एकताकोे चाहाना हुँदाहुँदै पनि विविध शक्ति मिलेर सफल हुन नदिएको बताए । उनले केपी ओलीले अहिले जतिसुकै चर्का कुरा गरेपनि जनताले आगामी निर्वाचनमा हैसियत देखाइदिने दावी   गरे । 

     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप