- तेस्रो आँखा डेस्क
काठमाडौं, ९ पुस । बाग्मती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ३ जना राज्यमन्त्री रहेका छन् ।
आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै बलराम पौडेल भूमि व्यवस्था तथा सहकारी र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कांग्रेसकै तर्फबाट ३ जनाले आजै राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि नै बाग्मती प्रदेशमा ११ मन्त्री र १ राज्यमन्त्री थिए ।

