निर्वाचन आयोगको प्रस्तावः स्थानीय तहको चुनाव वैशाखमा

निर्वाचन आयोगको प्रस्तावः स्थानीय तहको चुनाव वैशाखमा


  • 6.2K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    निर्वाचन आयोगको प्रस्तावः स्थानीय तहको चुनाव वैशाखमा
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ९ पुस । निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गर्न सकिने सरकारसंग प्रस्ताव गरेका छन् । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश  थपलियाले सबै स्थानीय तहको चुनाव ०७९ वैशाख १४ गते बुधबारका लागि तोक्न उपयुक्त हुने सुझाव दिएका छन् । 

    images

    थपलियाले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनबारे सुझाव समेत दिए । कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको ०७९ वैशाख १४ गते र दोस्रो चरणको वैशाख २२ गते गर्न सकिने उलने प्रधानमन्त्रीलाई जानकारी दिए । 

    कानुन बमोजिम स्थानीय तहको निर्वाचन आगामी ०७९ वैशाख महिनामा गर्नुपर्ने आयोगले जनाएको छ । आयोगकाअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम ०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुदैछ । संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

    आयोगकाअनुसार कार्यकाल सकिएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था रहेको छ । 

    Press Release 2078-09-09 (1).jpeg

    Press Release 2078-09-09 (2).jpeg

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • तेस्रो आँखा