भरुवा बन्दुक सहित  पक्राउ

भरुवा बन्दुक सहित  पक्राउ


  • 7.4K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    भरुवा बन्दुक सहित  पक्राउ

    कास्की, ९ पुस । पोखरा महानगरपालिका—३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका—५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग।१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक

  • तेस्रो आँखा
    लेखकबाट थप