लागूऔषध गाँजा सहित २ जना पक्राउ

लागूऔषध गाँजा सहित २ जना पक्राउ


  • 6.3K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    लागूऔषध गाँजा सहित २ जना पक्राउ

    काठमाडौं, ९ पुस  । मकवानपुर, हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको  छ ।

    images

    पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका—२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका(३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् ।

    हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको उक्त गाँजा सहित गाडी चालक मण्डल र गाडीमा सवार थारुलाई पक्राउ गरेको हो । उनीहरु उपर आवश्‍यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • तेस्रो आँखा
    लेखकबाट थप