तेस्रो आँखा काठमाण्डौ ९, पुस राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदको लागि माघ १२ गते निर्वाचन हुँदैछ । मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको निर्वाचनआयोगले जनाएको छ । निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरि २ हजार २५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले भने आज सम्म दल दर्ताका लागि निर्वाचन आयोगमा आएका छन् । स्रोतका अनुसार शनिवार दर्ता गर्न आउने वताइएको छ ।
पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ।निर्वाचनको लागि निर्वाचन अधिकृत समेत नियुक्ति गरिसकेको निर्वाचन आयोगले जनाएको छ।
