• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशको स्थापना दिवसमा भदौ ४ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशको स्थापना दिवसमा भदौ ४ गते सार्वजनिक बिदा


  • 7.1K
    SHARES
    • भाद्र १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 10.9K Views

    कर्णाली प्रदेशको स्थापना दिवसमा भदौ ४ गते सार्वजनिक बिदा

    सुर्खेत, १ भदौ । कर्णाली सरकारले आगामी भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ ।

    images

    कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए । सोमबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने छ । भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक विदा दिने २० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार बिदा दिइएको मन्त्रालयकी शाखा अधिकृत निर्माला रेग्मीले जानकारी दिइन् ।


    तेस्रो आँखा