विद्यार्थीबाट ३ घन्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव 

विद्यार्थीबाट ३ घन्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव 


  • 3.1K
    SHARES
    • भाद्र १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    विद्यार्थीबाट ३ घन्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव 

    दाङ, १ भदौ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी ३ घन्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरुका समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले आज कुलसचिव अधिकारीलाई ३ घन्टा आफ्नै कार्यकक्षमा थुनेका थिए । 

    images

    ४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रकृया पुरा गरेर पनि प्रकाशित नगरेका कारण आजको आन्दोलन गर्नु परेको स्वबियु सदस्य पारस गिरीले जनाए भने विद्यार्थीहरु सबै प्रकृयाका बारेमा जानकार नहुँदा आजको घटना भएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जनाएका छन् । 

    आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा शुरु भएको ४० दिनभित्र प्रकाशित गर्नु पर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । स्ववियु र विश्वविद्यालयकाबिच भएको छलफलमा भाद्र १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ । 

    २ महिना अघि विश्वविद्यालयका ३ स्थानमा लागेको ताला खुलेको १ हप्ता नहुँदै आज फेरी विश्वविद्यालयमा यो घटना भएको छ ।


    तेस्रो आँखा