• ट्रेण्डिङ्ग :
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक


  • 3.4K
    SHARES
    • भाद्र २, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

    काठमाडौं, २ भदौ । पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

    images

    उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् ।

    पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं. २०६३ देखि प्रदान गर्न थालिएको हो ।


    तेस्रो आँखा