कहिलेकाँही हारेर पनि जितिँदो रहेछ : डा. शेखर कोइराला

कहिलेकाँही हारेर पनि जितिँदो रहेछ : डा. शेखर कोइराला


  • 9.4K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    कहिलेकाँही हारेर पनि जितिँदो रहेछ : डा. शेखर कोइराला
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, पुस १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आँफूले हारेर पनि जितेको बताएका छन् । चुनावी परिणाममा आफ्नो हार भएपनि आफ्नो विचारले जितेको बताए ।

    images

    कोइराला समाज नेपाालको २६ औँ बार्षिक साधारणसभा नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले भने ‘कहिलेकाँही हारेर पनि जितिँदोरहेछ,मैले हारेर पनि जितेँ ।’ कांग्रेसमा रुपान्तरण हुनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको बताउँदै कोइरालाले आफ्नो एजेण्डाले पार्टीमा ठाउँ पाएको बताए ।

    ‘कांग्रेसमा रुपान्तरण हुनु पर्छ भनेर मैले एजेण्डा उठाएँ,’ उनले भने ‘मेरो एजेण्डाले पार्टीमा स्थान पाएको छ, यसथै मैले हारेर पनि जितेको छु।’ यसैगरि उनले आफू सभापति लड्दा शशांक कोइराला र सुजाता कोइरालाले सहयोग नगरेको प्रति कोइरालाले असन्तुष्टि पोखे ।

    ‘हाम्रा बाबु आमाहरुले परिवारका सदस्य मिले मात्रै सफलता हात पर्छ भन्नु हुन्थ्यो,’ उनले भने ‘अहिले सत्य सावित भयो, परिवारका सदस्य नमिले सफलता हात पर्दो रहेनछ ।’

     

  • सम्बन्धित विषय:

  • # डा. शेखर कोइराला

  • तेस्रो आँखा