पार्टीबाट निष्कासन गरेकालाई कारवाही नहुँदासम्म संसद अवरोध हुन्छ : अध्यक्ष ओली 

पार्टीबाट निष्कासन गरेकालाई कारवाही नहुँदासम्म संसद अवरोध हुन्छ : अध्यक्ष ओली 


  • 6.5K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    पार्टीबाट निष्कासन गरेकालाई कारवाही नहुँदासम्म संसद अवरोध हुन्छ : अध्यक्ष ओली 

    काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  आफ्नो पार्टीले कारवाही गरेका सांसदहरुको नामावली प्रकाशन नहुँदासम्म संसद अवरुद्ध हुने बताएका छन्। शनिवार विराटनगर पुगेका ओलीले पत्रकारसँग कुरा गर्दै निर्वाचनसम्म होस् वा अर्को बैठकमै होस् हाम्रो पार्टीबाट निष्कासन गरेका सांसदहरुलाई कारवाही नहुँदासम्म संसदमा अवरोध कायम गर्ने बताए।

    images

    साथै ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीबाट निष्काशन गरेकाहरु बस्नेबेलासम्म नजाने जिकिर गरेका छन्। एमालेले पार्टीबाट निष्कासन गरेकाहरुलाई सभामुख अग्नीप्रसाद सापकोटाले कारवाही नगरेको भन्दै लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ।  

    यस्तै, एमसीसीका बारेमा  आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ छ। अध्यक्ष ओलीले भने, ‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि !’  एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए।

    उनले आउने निर्वाचनमा सबैलाई पाखा लगाउने दोहो¥याएका छन्। पार्टी प्रवेशको अभियान चलाएका अध्यक्ष ओली विभिन्न जिल्लामा गएर अरु पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका छन्

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # kp sharma oli

  • तेस्रो आँखा