काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू एमसिसी परियोजना फर्काउने पक्षमा नभएको बताएका छन् ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले त्यस्तो बताएका हुन् । उनले भने तर त्यसका लागि एमसीसी परियोजनामा रहेका बुँदाहरू परिमार्जन गर्नुपर्छ ।
‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसीसी परियोजना अगाडि बढाउनुपर्छ दाहालले भने एमसीसीमाथि प्रश्नहरू उठेका छन् त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’
उनले एमसीसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको उनले बताए।
दाहालले एमसीसी कार्यदलले प्रारम्भिक कार्य सुरू गरेको भन्दै अनुदानमा आएको त्यो रकम पूर्वाधारमा लगानी गर्नुपर्ने बताए।
