- तेस्रो आँखा डेस्क
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धन गर्नेबारे छलफल भइरहेको बताएका छन् ।
पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलनमा सम्पादकहरूसँगको कुरा गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।
त्यस्तै उनले भने 'माधव नेपाल र बाबुराम भट्टराईपार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ।'
