• ट्रेण्डिङ्ग :
मावि सौडियारका लेखापाल केसीको निधन,  विद्यालयद्वारा दुःख ब्यक्त 

मावि सौडियारका लेखापाल केसीको निधन,  विद्यालयद्वारा दुःख ब्यक्त 


  • 4.3K
    SHARES
    • भाद्र ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    मावि सौडियारका लेखापाल केसीको निधन,  विद्यालयद्वारा दुःख ब्यक्त 

    घोराही, ६ भदौ/ घोराही उपमहानगरपालीका ७ स्थित मावि सौडियारमा कार्यरत लेखापाल केशव केसीको ४७ बर्षको उमेरमा निधन भएको छ । सौडियार निबासी केसीको गयराती निधन भएको हो । उनी विगत केहि बर्ष देखि क्यान्सर रोगबाट पिडित थिए । जिल्लामा विद्यालय कर्मचारी परीषद्लाई सक्रिय बनाउन महत्वपुर्ण योगदान दिएका थिए । उनले केहि बर्ष अघि सचिव सम्म रहेर काम समेत गरेका थिए ।

    images

    यसैविच विद्यालय कर्मचारी परीषद् दाङले केसीको निधनमा दुख ब्यक्त गरेको छ । अध्यक्ष तप्त प्रसाद शर्माले शोक बक्तव्य जारी गरी केसीको निधनले परीषद्लाई स्तव्ध बनाएको बताएका छन । समाजलाई शिक्षित बनाउने थलोमा कार्यरत रहदा अस्वस्थ भई संघर्षशिल जिवन जिउदाजिउदै भएको निधन प्रति दुःख ब्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै माबी सौडियार बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले एक प्रेस बिज्ञप्ति जारी गरेर केसिको निधनप्रती दुख ब्यक्त गर्दै उनको निधनले बिद्यालयलाई अपुर्णिय क्षती पुगेको बताए । केसिको निधनले एक कर्मठ, इमान्दार र असल अभिभाबक गुमाएको भट्टराई र गौतमद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

    यस्तै केन्द्रीय उपमहासचिव डम्बर ओली, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसी,केन्द्रीय सदस्य मित्रलाल शर्माले केसीको निधनमा दुःख ब्यक्त गरेका छन । परीषद् र समाजलाई अतुलनिय क्षती पुगेको उल्लेख गरेका छन । साथै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै परीवारजनमा समबेदना प्रकट गरेका छन । केसीको परीवारलाई विद्यालय कर्मचारी परिषद दाङ जिल्ला कार्य समितिले केहि समय अघि आर्थिक सहयोग स्वरुप २३ हजार १ सय ५५ रुपैया हस्तान्तरण गरेको थियो ।


    तेस्रो आँखा