कांग्रेसका नेताहरूको वरीयता क्रम कसको कति ?

कांग्रेसका नेताहरूको वरीयता क्रम कसको कति ?


  • 7.5K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    कांग्रेसका नेताहरूको वरीयता क्रम कसको कति ?
    • तेस्रो आँखा डेस्क

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको वरीयता क्रम तोकिएको छ। वरीयता क्रमअनुसार सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। वरीयतामा पदाधिकारीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू रहेका छन् । कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्।

    images

    शनिबार सभापति शेरबहादुर देउवाले नेताहरूको वरीयता क्रम तोकेका हुन्।  विधानअनुसार सभापतिलाई वरीयता तोक्ने अधिकार हुन्छ । त्यसपछि पहिलेका पदाधिकारी अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिलबहादुर थापापछाडि मात्रै कोइरालालाई राखिएको छ।

    दोस्रो र तेस्रो वरीयतामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई राख्ने भनिए पनि खुलाइएको छैन । १३औं महाधिवेशनपछि पौडेल दोस्रो वरीयतामै थिए। १४औं महाधिवेशनमा उनी मतदान नगरी बसेका थिए। सिटौला भने महाधिवेशनमा देउवासँग मिलेका थिए। 

    पौडेल र सिटौलालाई केन्द्रीय सदस्य मनोनित गर्ने देउवाले तयारी गरेका छन्। सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको वरीयता भने अझै तोकिएको छैन । नियमअनुसार सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वतस् केन्द्रीय सदस्य हुने प्रावधान छ। १३औं महाधिवेशनमा कोइराला वरीयतामा ३५ नम्बरमा थिए।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा