• ट्रेण्डिङ्ग :
टीकापुर घटनाको ८ वर्ष : बालक टेकबहादुरको सालिक राख्दै सद्भावको आह्वान

टीकापुर घटनाको ८ वर्ष : बालक टेकबहादुरको सालिक राख्दै सद्भावको आह्वान


  • 3.8K
    SHARES
    • भाद्र ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    टीकापुर घटनाको ८ वर्ष : बालक टेकबहादुरको सालिक राख्दै सद्भावको आह्वान

    कैलाली/ टीकापुर घटनाको ८ वर्षपछि आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताएका छन् ।

    images

    ‘टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्’, उनले भने, ‘हामी चाहन्छौ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ । ’

    २०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् । आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गरिन् । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त थिए ।

    टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् । रेशम चौधरीले असोज ३ गते उनीहरू रिहा हुने र राज्यले रिहा गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

    ‘केही राजबन्दी परिवार अझै पनि जेलमै हुनुहुन्छ । हामीले अपेक्षा गरेका छौं अबको असोज ३ गते संविधान दिवसको दिनमा राज्यले उहाँहरूलाई पनि रिहाइ गरिदिनुहुने छ ’ उनले भने ।


    तेस्रो आँखा