राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता


  • 6.8K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता
    • तेस्रो आँखा डेस्क

    काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगमा  शनिबार १२ वटा दल दर्ता भएका हुन् । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो।

    images

    आज नेपाली कांग्रेस  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, र नेपाल परिवार दलले निर्वाचनमा भाग लिन पाऊँ भन्दै निवेदन दिएका हुन् ।

    आयोगकाअनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले निवेदन दिएका थिए ।

    पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको आयोगले जनाएको छ । आयोगकाअनुसार बैठक डाकेर ती दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।  

    आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा एमालेका आठ, नेकपा एसका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।

    निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ ।
    निर्वाचन आयोगले निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # राष्ट्रियसभा सदस्य

  • तेस्रो आँखा