मन्त्री मास्कीद्वारा छात्रावास भवनको उद्घाटन 

मन्त्री मास्कीद्वारा छात्रावास भवनको उद्घाटन 


  • 9.5K
    SHARES
    • भाद्र १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 14.6K Views

    मन्त्री मास्कीद्वारा छात्रावास भवनको उद्घाटन 

    शान्तिनगर, १० भदौ/ दाङको शान्तिनगर गाउँपालिका वडा नं।३ स्थित बीपी कोइराला माविमा छात्रावास भवन निर्माण गरिएको छ । उक्त भवनको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लागतमा उक्त भवन निर्माण भएको हो । 

    images

    त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको बताएका छन् । पश्चिम दाङ विकासका दृष्टिकोणले पछि परेको भन्दै अब विकासले फड्को मार्ने बताएका छन् । पश्चिमका खोलाहरुमा पुल, विकट गंगटेसम्मको सहज यातायात, खानेपानी, विद्युत,सडक, सिंचाईलगायतलाई उच्च प्राथमिकता राखेको बताए ।


    तेस्रो आँखा