नगरशिक्षाको मुल्यांकनमा आधारभूत तह तर्फ “स्मल हार्ट एकेडेमी” उत्कृष्ट

नगरशिक्षाको मुल्यांकनमा आधारभूत तह तर्फ “स्मल हार्ट एकेडेमी” उत्कृष्ट


  • 10.9K
    SHARES
    • भाद्र १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 16.8K Views

    नगरशिक्षाको मुल्यांकनमा आधारभूत तह तर्फ “स्मल हार्ट एकेडेमी” उत्कृष्ट

    गैंडाकोट । गैँडाकोट नगरपालिका शिक्षा शाखाले गरेको नगरभित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा नगरमै आधारभुत तह तर्फ स्मल हार्ट एकेडेमी पहिलो हुन सफल भएको छ ।

    images

    नगर शिक्षा शाखाले विभिन्न विज्ञ सहितको टोली बनाएर हरेक विद्यालयहरुको भित्री अवस्थाबारे गहिरो ९० भन्दा बढी सुचकहरुलाई आधार मानेर गरिएको अध्ययनका क्रममा गैँडाकोट गैँडाकोट इङ्गलिस स्कुल मात्रै “क” श्रेणीमा रहन सफल रहयो भने आधारभूत तर्फबाट “ख” श्रेणीमा स्मल हार्ट एकेडेमी रहेको छ । ९० भन्दा बढी सुचकहरुलाई आधार मानेर गरिएको अध्ययनका क्रममा गैँडाकोट इङ्लिस स्कुल मात्रै क´ श्रेणीमा रहन सफल भयो । त्यसैगरी आधारभूत तहतर्फ स्मल हार्ट एकेडेमीले ख´ श्रेणीको मान्यता पाएको छ । ख´श्रेणीमा स्मल हार्ट एकेडेमीले मात्रै मान्यता पाएको हो ।

    विद्यालयको भौतिक संरचना, विद्यालयले प्रदान गर्ने सेवासुविधा, सरोकारवालाहरुको सन्तुष्टी, शिक्षकहरुको योग्यता, लैङ्गिक अनुपात, सुचना प्रविधीमा दक्षता, समुदायको सहभागिता र बालबालिकाको शिक्षाप्रतिको चासो, विगत ३ वर्षदेखि विद्यालयले प्राप्त गरेको नतिजा लगायतका सूचकहरुलाई आधार मानिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।


    तेस्रो आँखा