• ट्रेण्डिङ्ग :
पत्थरीको अप्रेसन गर्दा किड्नी झिकिदिएको घटना ७ लाखमा मिल्यो

पत्थरीको अप्रेसन गर्दा किड्नी झिकिदिएको घटना ७ लाखमा मिल्यो


  • 4.3K
    SHARES
    • भाद्र १२, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    पत्थरीको अप्रेसन गर्दा किड्नी झिकिदिएको घटना ७ लाखमा मिल्यो

    कैलाली १२ भदौ/ धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ । सोमबार अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो ।

    images

    उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ ।

    उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तस्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यसअघि चौधरीको मृत्यु भएपछि आफन्त संघर्षमा उत्रिएका थिए । मिर्गौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका थिए ।


    तेस्रो आँखा