काठमाडाैं, ११ पुस । महाेत्तरीमा जबर्जस्ती करणी गरेकाे आराेपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेकाे छ। बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय किशोरलाई प्रहरीले जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ गरेको हाे।
सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतको आरोप छ। तर, अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन। जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ।
किशोरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ।
