समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी


  • 3.2K
    SHARES
    • भाद्र १२, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

    बुटवल १२ भदौं/ प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जाने तयारी गर्न समेत आग्रह गरेका हुन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले  मोर्चालाई बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । उनले पूर्व माओवादीहरूलाई एक हुन आह्वान समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको पनि बताए । मुलुकमा निषेधको राजनीतिलाई तोडेर नयाँ संवादको सुरु भएको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनताको बहुदलीय जनवाद तथा अन्य प्रयोगहरूलाई एकीकृत गरी नयाँ क्रान्तिको तयारीमा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा दोषी ठहरिएका नेता कार्यकर्ताहरुलाई छुटाउनका लागि सरकारले तयारी गरिरहेको बताए ।  उनले जनताको पक्षमा काम गर्ने युद्ध अहिले पनि लडाइँ जारी रहेको भन्दै यसको स्वरुपा मात्रै  फेरिएको बताए ।


    तेस्रो आँखा