• ट्रेण्डिङ्ग :
पूर्व माओवादीको एकताका आधार गजुरेलले यसरी पहिल्याए ...

पूर्व माओवादीको एकताका आधार गजुरेलले यसरी पहिल्याए ...


  • 4.2K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    पूर्व माओवादीको एकताका आधार गजुरेलले यसरी पहिल्याए ...
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं सम्मेलन (महाधिवेशन) जारी छ । सम्मेलनमा विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।

    images

    त्यही क्रममा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सिपि गजुरेले मञ्चबाट माओवादी एकताको कुरा स्मरण गरे । उनले भने 'प्रचण्डले एकताका लागि गरेको प्रस्तावलाई मैले सकारात्मक रुपमा लिएको छु ।' सबै पूर्व माओवादीहरु एक हुनुपर्ने उनको भनाइ छ । तर एकताका लागि कही आधारहरु तयार पार्नु पर्ने उनको भनाई छ ।

    उनले एकताको पहिलो आधार जनयुद्ध सुरु हुनु भन्दा अगाडीको अधिवेशनमा गरिएको प्रतिवद्धतालाई पुर्न:स्थापना गर्नुपर्ने बताए । यसैगरि मााओवादीको अधुरो लक्षलाई पुरा गर्न माओवादीको महाधिवेशनले कार्यक्रम तयार गर्नुपर्ने उनले बताए ।

    यसैगरि उनले राष्ट्रिय स्वाधिनताका बिषयमा निर्णय गर्नु पर्ने र नेपालले गुमाएको भुभाग फिर्ता ल्याउनका लागि महाधिवेशनले ठोस निर्णय गर्नुपर्ने बताउदै उनले भने 'यि विषयमा माओवादी क्लियर भए एकताको ढोका खुल्ने छ ।'


    तेस्रो आँखा