निर्विकल्प अध्यक्ष भएका प्रचण्डले भक्कानिदै भने 'सायद यो अन्तिम कार्यकाल होला'(भिडियो)

निर्विकल्प अध्यक्ष भएका प्रचण्डले भक्कानिदै भने 'सायद यो अन्तिम कार्यकाल होला'(भिडियो)


  • 12.9K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 19.9K Views

    निर्विकल्प अध्यक्ष भएका प्रचण्डले भक्कानिदै भने 'सायद यो अन्तिम कार्यकाल होला'(भिडियो)
    • तेस्रो आँखा डेक्स

    काठमाडौं, १९ पुस ।
    आठौं महाधिवेशनको आठौं दिन सर्बसम्मतीमा २ सय ३६ जना केन्द्रीय समिति चयन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्ततः निर्विकल्प नै  भए ।

    images

    केन्द्रको आठौं महाधिवेशनबाट सर्वसम्मत बनेको केन्द्रीय समितिले दाहाललाई यो कार्यकालकालागि पुनः अध्यक्षमा निर्वाचित गर्यो । तर, अध्यक्ष दाहालको यो कार्यकाल भने तेति सहज छैन । ४५ पृष्ठ लामो दस्तावेजलाई आत्मालोचनाले भरेका दाहाल अन्ततः पार्टीमा निर्विकल्पनै भए । 

    अध्यक्षमा सर्वसम्मत चयन भएपछि पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल भक्कानिए । उनले भने 'सायद यो कार्यकाल नै मेरो अन्तिम कार्यकाल होला ।' यो भन्दै गर्दा उनले अब पार्टीमा आफ्नो उत्तराधिकारी खोजि रहेको आभास भएको थियो । उमेर र बदलिदो राजनीतिक घटनाक्रमअनुसार आफ्नो कार्यकाल अन्तिम हुने भन्दै गर्दा उनको गला रोकिएको थियो  । 


    छोटाे मन्तव्य राखेका उनले यही पुरानो आफ्नो राजनीतिक दस्तावेजलाई सम्झीएका थिए । उनले भने 'सबै कुरा त्यही दस्तावेजमा भनिसकेको छु ।' मलाई विश्वास गरिदिनुभयो तर, मेरो अहिलेको कार्यकाल कठिन हुने छ । उनले भने 'नेता नारायणकाजीले इतिहासलाई सम्झाउदै गर्दा आफ्नोलागि यो सबैभन्दा ठूलो चुनाैती भएको स्पष्ट पारे । 

    मलाई केन्द्रीय समितीका सदस्य र सबै नेपाली जनताले इतिहासको गम्भीर मोडमा गम्भीर भुमीका खेल्ने अवसर दिनुभएकोमा आभारी महसुस गरेको छु । राज्यको र पार्टीको संधै नेतृत्वदायी भुमिकामा आफु रहिरहँदा अलग ढंगले प्रस्तुत हुने, हो कि भन्ने पनि आफूलाई लागेकाे छ,' उनले भने ।  

    प्रचण्ड नहुँदा पार्टी के हुन्छ, भन्ने प्रश्न गलत भएको दावी गर्दै उनले आफू नहुँदा पनि पार्टी रहिरहने बताए । कार्लमाक्सलाई सम्झीदै उनले भने 'कसैले यसलाई कमजोर पार्न खोजेपनि इतिहासले यसलाई सम्झिरहने र माओवादी कहिल्यैं नसकिने पनि दावी गरे ।' 

    आफ्नो पार्टीले देश र जनताको लागि यो महाधिवेशनमा सबैभन्दा बढी विचार विमर्श गरेकोे पनि उनले बताए । नवनिर्वाचित केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल ठूलोे चुनौती पुर्ण रहेको बताए । अध्यक्ष दाहालले नेतृत्वको लागी आफ्नो अन्तिम मौका र अन्तिम चुनौती भएको पनि बताए । जनताको लागि काम गर्ने उमेर तथा हरेक हिसाबले अन्तिम अबसर र अन्तिम चुनौती भएको पटक–पटक दोहोर्याए । 

    उनले भने 'मिडियामा आएजस्तो प्रचण्डले नाम परेर ताली बजाउन लगायो र ताली बज्यो भन्दै निर्वाचित भएको केन्द्रीय समिति होइन यो । सञ्चारमाध्ययम प्रतिअसन्तुष्टी पोख्दै उनले आफ्नो पार्टीले देश र जनताको लागी सबैभन्दा बढी चिन्तन र बहस गरेको बताए । 

    आफ्नो महाधिवेशनले विचारमा आधारित प्रतिवेदन र विधान पारित गरेको र महाधिवेशन व्यक्तिमा आधारित हुन नदिएको दावी गरे । उनले बोल्दै गर्दा गठबन्धन फुटाउन अझै केहीले मौका हेरिरहेकोले त्यसलाई निर्वाचनसम्म लान तयार भएको बताए । आजसम्म आउँदा आफुले आत्म समिक्षा गरेको र आफ्नो पार्टीमा लागेको धुलोमैलो केहि हद सम्म भएपनि सफा गर्न सकेको भन्दै अबको जिम्मेवारीलाई थप मजबुद गर्ने उनले बताए । 

    यति भन्दै गर्दा अध्यक्ष दाहाललाई पार्टीको बागडोर आफूपछिको कस्ले सम्हाल्ने भन्ने चिन्ता थियो । हुन त उनीसँगै पार्टीमा परिवारका सदस्यहरुको उपस्थिती पनि कमि छैन । तर, पटक-पटक आफूपछिको नेतृत्व कस्ले गर्ने चिन्ता बढ्नु पछिल्लो समय माओवादी केन्द्रमा देखिएको सांगठनिक संरचनाकै कारण हो । 

    संगठन कमजोर बन्दा पार्टीका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरे । जसकारण माओवादी केन्द्र एक्लिएको अधिकांस बुझाई छ । अहिलेपनि पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको केन्द्रलाई सहमतिमा पदाधिकारी टुंग्योउने सम्भावना देखिदैन । आकांक्षी धेरैपछि व्यवस्थापनमा चुनौति बढेकाले दाहालले २५ गतेसम्मको समय लिएको नेताहरुको बुझाई छ । 

     

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप