काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल पुनःअध्यक्षमा निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट सर्बसम्मत निर्वाचित केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्ष दाहाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मतबाट चयन गरे पनि अन्य पदाधिकारीको टुंगो भने लाग्न सकेन । अहिले पदाधिकारी चयनको प्रक्रिया अघि बढेको छ ।
