सबै खोलामा पुल माग्नु भएको थियो, मैले बजेट हाल्दिए : मन्त्री मास्की

सबै खोलामा पुल माग्नु भएको थियो, मैले बजेट हाल्दिए : मन्त्री मास्की


  • 17.1K
    SHARES
    • भाद्र १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 26.4K Views

    सबै खोलामा पुल माग्नु भएको थियो, मैले बजेट हाल्दिए : मन्त्री मास्की

    तुलसीपुर, १६ भदौ । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पश्चिम दाङलाई समृद्ध दाङ बनाउने बताएका छन् । अहिले अल्प बिकसित भएर सबैले दाङको कर्णाली भन्ने गरेको भन्दै अब पश्चिम दाङलाई ‘समृद्ध दाङ’ नामले चिनिने बनाउने बताए । 

    images

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत शान्तिनगर गाउँपालिका वडा नं. ३ मा भएको कार्यक्रममा सहभागी जनाउँदै मन्त्री मास्कीले यस्तो बताएका हुन् । आफू चुनावको बेला घरघर जाँदा जनताले पश्चिम दाङ पुग्ने सबै खोलामा पुल माग गरेकाले यस पटक सबै खोलामा पुलका लागि बजेट हालि दिएको समेत बताए । साथै गंगटे पुग्ने सडकदेखि गाउँ–गाउँमा विकासका लागि बजेट आएको उनको भनाई थियो । 

    उनले पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नतिका लागि ४३ करोड बजेट आएको भन्दै तत्काल सडक स्तरवृद्धिको काम अघि बढ्ने बताए । पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको समेत बताए । माओवादीले काम गर्ने तर, प्रचार नगर्ने भएकाले पनि पछि परेको बताए । 

    ‘माओवादीले बिकासका काम गर्छ’, उनले भने ‘तर, अर्कैले प्रचार गरिदिन्छ ।’ माओवादीकै कारण मुलुक समृद्धिको मार्गमा अघि बढेको कुरा जनतालाई बुझाउन यो अभियानले थालिएको उनको भनाई छ । अहिले भ्रष्टाचार बिरूद्ध माओवादीले अभियान थालेको भन्दै त्यसलाई जनताले साथ दिनु पर्ने बताए । जनताले साथ दिए मात्रै यो अभियानले सफलता दिने भन्दै यसमा साथ दिनु पर्ने बताए । 

    पार्टीका वडाध्यक्ष बिरबहादुर बिकको आयोजनामा भएको कार्यक्रममा पार्टीका पालिका संयोजक हिरा सुनारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण देवराज मल्लले गरेका थिए ।


    तेस्रो आँखा