• ट्रेण्डिङ्ग :
बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार 

बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार 


  • 4.7K
    SHARES
    • भाद्र १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.3K Views

    बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार 

    बर्दिया १७ भदौ/ बर्दिया कारागारबाट आइतबार बिहान कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।

    images

    ठाकुरबाबा नगरपालिका—८ का २७ वर्षीय अजित बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको अनुसन्धानमा देखिएको बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले बताए । फरार भएको जानकारी पाउना साथ जिल्ला र सीमावर्ती नाकामा खोजतलासका लागि प्रहरी परिचालन गरिएको डिसपी बोहोराले जनाए ।

    ०७१ सालमा ठाकुरबाबा—८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए । अदालतले उनलाई ३० वर्षको कैदको फैसला गरेको थियो । उनले एक वर्ष सजाय भोगिसकेका थिए ।


    तेस्रो आँखा