एमाले प्रदेश अधिवेशन : अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी

एमाले प्रदेश अधिवेशन : अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी


  • 4.3K
    SHARES
    • भाद्र १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    एमाले प्रदेश अधिवेशन : अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी

    बुटवल १७ भदौ/ नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए ।

    images

    तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ । दुबैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् । उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।


    तेस्रो आँखा