लुम्बिनी प्रदेशसभा बैठक आह्वान 

लुम्बिनी प्रदेशसभा बैठक आह्वान 


  • 7.0K
    SHARES
    • भाद्र १९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 10.8K Views

    लुम्बिनी प्रदेशसभा बैठक आह्वान 

    दाङ १९ भदौ/ लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ । दोस्रो अधिवेशनको २४ औँं बैठक बिहीबार मध्याह्न बस्ने सूचना जारी भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेशसभाले सोमबार सूचना जारी गरी बैठक बस्न लागेको जानकारी गराएको हो ।

    images

    एक महिनादेखि लुम्बिनी प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेश सभाको २३ औँ बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। अहिले विधेयक विचाराधीन छ ।

    आउने बैठकमा सभामा निर्णयार्थ पेश गर्ने तयारी छ । तर, विधेयकमा समेटिएका र संसोधन गर्न सुझाव दिइएका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रदेश तहबाटै प्रमुख सचिव अर्थात् १३ औं तहको कर्मचारी नियुक्त गर्ने प्रावधान समेट्न सुझाव प्रदेश मामिला तथा कानुन उपसमितिले दिएको थियो ।

    तर, यस विषयमा सरकार र उपसमितिको सुझाव बाझिन पुगेको हो । सरकारले प्रस्ताव गरेको विधेयकमा १२ औं तह सम्मको कर्मचारीमात्रै प्रदेशले नियुक्त गर्न सक्ने उल्लेख गरिएको थियो ।


    तेस्रो आँखा