• ट्रेण्डिङ्ग :
तानाशाही प्रवृत्ति स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

तानाशाही प्रवृत्ति स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल


  • 5.1K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    तानाशाही प्रवृत्ति स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकताबद्ध कायम गरेर सबै दलहरु अघि बढ्नु पर्ने बताएका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले दलहरुका बिच बैचारिक विभेद भएता पनि राष्ट्रियताको सवालमा एकरुपता हुनुपर्ने बताए ।

    images

    नेपालले नेता , कार्यकर्ताहरु बिधिबाट बाँधिनु पर्ने बताए । विधिमा बाँधिए मात्रै देश अगाडी बढ्ने उनको भनाइ छ । नेपालीहरुको गौरव कायम गर्न नेपालीहरुले नै  राष्ट्रियताको आवाज बुलन्द गर्नु पर्ने उनको भनाई छ । राष्ट्रियताको कुरा गरेर मात्रै नपुग्ने भन्दै व्यक्ति विशेषले कसैलाई दास बनाउन नहुने बताए  । व्यक्तिको तानाशाही आफूहरुलाई स्वीकार्य नहुने नेपालको भनाई छ । सबैको मर्यादाको सम्मान राखेर अगाडी बढ्न सके मात्रै देशमा प्रगती हुने बताए ।

    पार्टीका नेताहरुकाबीचमा छलफल गरेर मुलुकको विकासका निम्ती सबै दलहरु अगाडि बढ्नुपर्ने नेपालले बताए । कसैले कसैलाई निषेध गर्न नहुने भन्दै अध्यक्ष नेपालले निषेध नभए मात्रै सबै राजनीतिक दलहरुको अस्तित्व रहने बताए ।

    यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीले परिकल्पना गरेको नेपाल निर्माणका लागि सबै पक्ष संग बहसको थालनी गर्नुपर्ने उनको भनाइ छ । जनताको विश्वास जित्न नसकेको भन्दै नेपालले दल र दलका नेताहरु प्रति वितृष्णा पैदा भएको बताए ।


    तेस्रो आँखा