एमाले लुम्बिनीमा राधाकृष्ण कँडेल निर्वाचित

एमाले लुम्बिनीमा राधाकृष्ण कँडेल निर्वाचित


  • 5.8K
    SHARES
    • भाद्र २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    एमाले लुम्बिनीमा राधाकृष्ण कँडेल निर्वाचित

    रुपन्देही, २० भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनी दुई मतले विजयी भएका हुन् । गएराति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । 

    images

    उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् । 


    तेस्रो आँखा