• ट्रेण्डिङ्ग :
एमसीसी राष्ट्रघाति छैन, म प्रधानमन्त्री हुँ राष्ट्रको हित विपरित जाउँला ? 

एमसीसी राष्ट्रघाति छैन, म प्रधानमन्त्री हुँ राष्ट्रको हित विपरित जाउँला ? 


  • 4.5K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    एमसीसी राष्ट्रघाति छैन, म प्रधानमन्त्री हुँ राष्ट्रको हित विपरित जाउँला ? 

    काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् ।

    images

    माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा भ्रममा पर्न आग्रह गरेका छन्  । उनले भने 'म देशको प्रधानमन्त्री हुँ, मैले राष्ट्रको हित विपरित कार्य गरुला ?'

    सभापति देउवाले भने 'एमसीसी सित्तैमा आएको पैसा हो । मैले पनि पढेको छु। बुझ्नु पर्यो क्या नपढेर नै विरोध गर्ने ? राष्ट्रघाति हो भन्ने ? पहिला पढ्नु प¥यो क्या बा।'

    उनले प्रचण्डको प्रशंसा गर्दै भने 'तपाइले कसलाई नेता बनाउने हो थाहा छैन। हेर्दा प्रचण्ड नेता जस्ता छन् उहाँलाई शुभकामना दिन्छु।' उनले नेपालको संविधान बनाउने कार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अगुवाईमा भएको दावी समेत गरे।

    उनले अहिलेको गठबन्धन कसैको विरुद्धमा नभएको बताए । उनले भने, ‘ओली जि लाई नलागोस, यो गठबन्धन हाम्रो विरुद्ध हो भनेर आफ्नो मन मिलाउन त पाईयो नि ? यो गठबन्धन निर्वाचनसम्म रहन्छ। अझ हामी त त्यसभन्दा अघि पनि बढ्छौ’ गठबन्धन लम्ब्याउने बारे  छलफल भइरहेको बताउँदै सभापति देउवाले भने—हाम्रोबीचमा छलफल पनि हुँदैछ।  
     


    तेस्रो आँखा