लुम्बिनी प्रदेश : प्रदेश सभाबाट निजामती विधेयक पारित गर्ने तयारी

लुम्बिनी प्रदेश : प्रदेश सभाबाट निजामती विधेयक पारित गर्ने तयारी


  • 5.5K
    SHARES
    • भाद्र २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    लुम्बिनी प्रदेश : प्रदेश सभाबाट निजामती विधेयक पारित गर्ने तयारी

    दाङ, २२ भदौ । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक पारित गर्ने तयारी छ । प्रदेश सभाको कार्यसूची अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    images

    त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए । गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।


    तेस्रो आँखा