तुलसीपुर, २२ भदौ/ राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) दाङले तेस्रो आँखा डटकमका सह-सम्पादक अञ्जना चौधरीसहित दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
एन प्याब्सन दाङले छैठौँ अधिवेशनको अवसरमा शुक्रबार तुलसीपुरमा आयोजित कार्यक्रममा तेस्रो आँखा डटकमका सह-सम्पादक चौधरीसहित रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी।एमलाई नगदसहित सम्मान गरेको हो ।
शिक्षा क्षेत्रको समग्र विकास र उन्नयनका लागि कलम चलाएर महत्वपूणर् योगदान गरेको भन्दै दुवै जना पत्रकारलाई जनही तीनरतीन हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको एन प्याव्सन दाङका अध्यक्ष बिमल गौतमले बताए ।
