भारतको दिल्ली सरकारले वर्षाका कारण बालि नष्ट भएका किसानलाई प्रतिहेक्टर ८० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय

भारतको दिल्ली सरकारले वर्षाका कारण बालि नष्ट भएका किसानलाई प्रतिहेक्टर ८० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय


  • 9.2K
    SHARES
    • कार्तिक ३, २०७८ बुधबार
    • ५ बर्षs अघि
    • 14.2K Views

    भारतको दिल्ली सरकारले वर्षाका कारण बालि नष्ट भएका  किसानलाई  प्रतिहेक्टर ८० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय

    ३ कात्तिक, काठमाडौं ।  भारतको दिल्ली सरकारले वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बालीनाली क्षति भएका किसानलाई प्रतिहेक्टर ५० हजार भारु (८० हजार रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको  प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

    images

    kejriwal-new-ani1634719934.jpg

    अहिले क्षति विवरण संकलन गरिरहेको र दुई हप्तामा विवरण संकलनको काम सकिने केजरीवालले बताए। उनका अनुसार किसानले दुई महिनाभित्र क्षतिपूर्तिको रकम पाउने छन्। दिल्ली सरकार किसानलाई क्षतिपूर्ति दिन प्रतिवद्ध रहेको र यो क्षतिपूर्ति भारतमै सबैभन्दा बढी रहेको मुख्यमन्त्री केजरीवालको भनाइ छ।

    केही दिनदेखि अस्वभाविक रूपमा पानी पर्दा भारतका धेरै ठाउँमा जनधनको क्षति भएको छ भने किसानहरूको धानबाली नष्ट भएको छ।

     


    तेस्रो आँखा