आत्महत्याका घटना रोक्न सचेतना र्‍याली

आत्महत्याका घटना रोक्न सचेतना र्‍याली


  • 3.1K
    SHARES
    • भाद्र २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    आत्महत्याका घटना रोक्न सचेतना र्‍याली

    तुलसीपुर २४ भदौ/ विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्‍याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्‍याली निकालिएको हो ।

    images

    तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा नगरप्रमुखसहितको नेतृत्वमा बजार परिक्रममा गरिएको छ । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति महत्वाकांक्षा त्यागौँ, प्ले कार्डसहित बजार परिक्रममा गरिएको थियो । 

    र्‍यालीको समापन गर्दै नगरप्रमुख टीकाराम खड्काले पारिवारीक र सामाजिक जीवनशैली अपनाउन सके आत्महत्या न्यूनिकरण हुँदैजाने बताए । उनले नागरिकलाई मानसिक रुपमा स्वस्थ राख्न योग र नैतिक शिक्षामा विशेष जोड दिइएको बताए । 

    नगरप्रमुख खड्काले मानसिक रुपमा कुनै समस्या भए, घरपरिवारका सदस्यमाझ राखेमा समाधान हुने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका विधायन समितिका संयोजक भीमबहादुर योगीले तीव्र महत्वाकांक्षा त्यागे सरल र सामान्य जीवनशैली अपनाउन सके आत्महत्या न्यूनिकरण हुने बताए । 


    तेस्रो आँखा