काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र साेमबार बिहानबाट सुरु हुँदैछ।आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको छ।
अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ।
अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
एक हजार ६ सय बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन्।
