रामकुमारी चौधरी,बर्दिया २५ भदौ/ बर्दियाको मधुवन १ डल्लाका प्रशुराम थारुले होम—स्टे सञ्चालन गरेको करिब १२ वर्ष भयो । सुरु गरे देखि उनको होम—स्टेमा सिजन अनुसारको पाहँुना झन् झन् बढ्दै गएका छन् । पाहुँना नभएको दिन त कमै छ, स्वदेशी लगायत विदेशी पाहुँनाहरु पनि आउँछन् । उनले भने –‘कोही त २० दिन वा महिनै दिन सम्म बसेर सेवा गर्ने अवसर दिएका छन् ।’
सुरुमा आफ्नै घर अगाडि वन्यजन्तु आउँने र त्यहि वन्यजन्तुलाई टाढाटाढाबाट हेर्न आउनेको संख्या बढ्दै गएको देखेर होम—स्टे सञ्चालन गर्ने योजना बनाएको उनले बताए । खेतबारीमा रोपेका बालीनाली खाएर नष्ट गरिदिने बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरु अहिले आय आर्जनको स्रोत बनेकाछन् । उनले भने– ‘खेतिबाली राम्रोसँग उत्पादन हुुन् दिदैन थिए, अहिले त्यहि वन्यजन्तु देखाएर खेतीपाती भन्दा राम्रो आम्दानी भईरहेको छ ।’
जैविक र्माग होम —स्टे सञ्चालन व्यवस्थापन समितिको अध्यक्षय समेत रहेका प्रशुरामले वन्यजन्तुका कारण पहिले ठूलो क्षति ब्यहोरेपनि अहिले वन्यजन्तु र होम—स्टेले आफ्नो अवस्था फेरीएको बताउँछन् । सोही ठाउँकी लिखनी थारु पनि वन्यनन्तुबाट बालीनाली सखाप भएर हैरानी ब्यहोरीरहेकी थिईन् । अरुको खाजा घर अर्थात होम—स्टेमा पाहुँना आएको देखेर उनलाई पनि होम—स्टे खोल्न रहर लाग्योे । लिखनी भन्छिन्–‘छिमेकीसँग सल्लाह लिँदा होम—स्टेमा आएका पाहँुनाहरु नअटाएर होटल तथा ठूला रिसोटहरुमा जानेगरेको थाहा पाएँ ।’ गाउँमा अझ धेरै होम—स्टेको आवश्यकता रहेको महसुस गरेर आफूलेपनि सुरुवात गरेको उनले बताईन् । आफू र समितिका मानिसहरु मिलेर होम—स्टे सञ्चालन गरेकी उनी सँधै पाहँुनाको स्वागत सत्काररमा व्यस्त रहेको बताउँछिन् ।
पाहँुनाहरुलाई आफ्नै बारीको तरकारी लगायत घोङ्घी ,मुसाको चट्नी , गँगटो र ढिक्री लगायत विभिन्न थारु परिकारहरुका साथै पाहुँनाहरुको इच्छा अनुुसारको खाना खुवाउने गरेको बताउँछिन् । होम—स्टेमा विभिन्न किसिमका पाहुना आउने गरेको उनी बताउँदै उनले भनिन्– ‘कोहि नाचगान हेर्न मात्रै आउँछन्, कोहि थारु परिकार चाख्न आउँछन् त कोहि निकुञ्ज सफारी गर्न आउँछन् ।’ पाहुँनाको इच्छा अनुसारको सेवा सुविधा दिँदै आएको उनले बताईन्।
लिख्नीकोलागि होम—स्टे नै आय आर्जनको राम्रो स्रोत बनेको छ । सम्पत्तिको नाममा सानो झुपडिसँगै जग्गा जमिन पनि थोरै रहेको बताउने उनले अहिले पक्कीघर लगायत छोरा छोरीलाई राम्रो शिक्षा दिक्षा दिन सफल भएको सुनाउँछिन् । उनी भन्छिन् ‘होम—स्टेले व्यक्तिको मात्र उन्नति , प्रगति भएको छैन समस्त थारु जातिहरु कै मूल्य मान्यता , स्वागत संत्कार, नाचगान लगायत विभिन्न परिकारहरुको संरक्षण हुनुका साथै पुस्ता हस्तान्तरण पनि हुदैछ ।’ पाहुँनाहरुले माग गरे अनुसारको पारिकार तथा गाउँमा उत्पादन भएका बस्तु, लोक्कल कुखुरा ,अण्डालगायत अन्य तरकारीहरु खरिद गरि दिँदा त्यहाँका स्थानिय बासिहरु निकै खुशी छन् । थारु समुदायको परम्परागत सिपमा आधारित ढकिया, डेल्वा, थारु पोशाक लेहङ्गा, चोलीया लगायतका सामाग्री पनि पाहुनाले कोसेलीकारुपमा खरिद गरेरर लैजाने हुँदा थारु महिलाहरु आफ्नो सिपलाई ब्यावसायीक बनाउन थालेको लिख्नीले बताईन् ।
खेती गरे बन्यजन्तुले नष्ट गरिदिने, अन्य रोजगारी नभएर घर खर्च समेत चलाउन समस्या भोगेका डल्लाका सबैजसो स्थानीयहरुको होम—स्टे नै आयआर्जको स्रोत बनेको छ । अर्का होमस्टे सञ्चालक भिमा योगि (थारु) भन्छिन –‘अहिले छोराछारी विद्यालय जन्छन्, हामी होम —स्टेमा पाहुँनाको स्वागतमा व्यस्त हुन्छौं, घरखर्चको कुनै चिन्ता छैन ।’ जैविक समुदायिक होम—स्टेको नामबाट समिती बनाएर हाल डल्ला गाउँका २४ घरधुरीले आ–आफ्नो घरमा होम—स्टे सञ्चालन गरिरहेका छन् ।
होम—स्टे पर्या र्पयटनको मोरुदण्डको रुपमा स्थापित भएको होमस्टे महासंघका महासचिव कृष्ण चौरी बताउँछन् । होमस्टे सञ्चालकहरुले प्रकृतिसँग रमाउँन आउँने पर्यटकहरुलाई विभिन्न किसिमको परिकारहरुको स्वाद चखाउनुका साथै परम्परागत साँस्कतिक नाच देखाएर प्राकृतिक वातावरण एवं ग्रामिण क्षेत्रको अवलोकन गराउने काम गरिरहेको उनले बताए । महासचिव चौधरीले भने –‘पाहुनाले चाहेको जस्तो सुविधा दिएर होम—स्टेले पर्या र्पयटनमा मात्र नभएर शिक्षा, स्वास्थ्य, जनस्तिरको चेतनाको अभिबृद्धि गर्ने, विशेषतः लोप हुदैँ गएको कला संस्कृतिको संरक्षरण र नयाँ पुस्तालाई सुम्पिनको लागि पनि होम—स्टेले निकै ठुलो भूमिका खेलेको छ ।’
बाँकेको बैजनाथ गाउँपालिका —१ गाभरमा एक दशकदेखि सेवा पु¥याउँदै आएका महासचिव चौधरीले होम—स्टे सञ्चालन गरेर प्रकृतिसँग रमाउँने व्यक्तिहरुको लागि सहज बनाएका छन् । उनी भन्छन् ‘जुन व्यक्तिहरु आर्थिक अभावले घुम्न सक्दैन्, टाढा भएर कहाँ बस्ने , कहाँ गएर के खाने जस्ता समस्याको समाधानकालागि तथा आफ्नो कला , सिप एवं संस्कृतिको संरक्षण गरेर नयाँ पुस्ताले ग्रहण गरुनु भन्ने अपेक्षाले होम—स्टे सञ्चालन गरेको हुँ ।’
महा सचिव चौधरीका अनुसार बाँके र बर्दियामा झन्डै २० वटा जति होम—स्टे छन् । एउटा समुदायमा कम्तीमा ५ वटा घरमा होम—स्टे सञ्चालन गर्नु पर्ने उनको धारणा छ । ठुला ठुला होटल खोल्न नसके पनि आफूसँग जे छ त्यसैलाई व्यवस्थित गरेर होम—स्टे सञ्चालन गर्न सकिने उनको सुझाव छ । नेपालमा होम—स्टेको अभियान चलेको एक दश भयो । हाल नेपालमा १,५०० सय गाउँमा र ७,००० घरमा होम—स्टे छ । सुरुमा यसको अवधारण जसरी बनाईएको थियो त्यो अनुसार हुन नसकेको महासचिव चौधरी स्वीकार गर्छन् । पछिल्लो समय सरकारबाट थोरै सहयोग, गाउँ गाउँमा सञ्चालन भएका होम—स्टेको प्रबद्र्धन र स्तर बृद्धि गर्ने काम भईरहेको उनले बताए । उनले भने –‘कला सिप र सस्कृति भित्र पनि हरेक पाहँुनाहरुको लागि बस्ने खाने सेवा सुविधाका विकासका साथै हरेक किसिमको काम समय अनुसार परिवर्तन गर्नु पर्छ, लुम्बिनी क्षेत्रमा थोरै संसोधन गर्नु पर्ने देखिन्छ, हाल यो क्षेत्रमा होम—स्टे एकदमै राम्रो छ ।’ बाँके र बर्दिया जिल्लाको होम—स्टे हेर्ने हो भने पश्चिम नेपालकै राम्रो नमुनाकै रुपमा बाँके जिल्लाको गाभरको होम—स्टेलाई चिनिन्छ ।
निकुञ्ज मध्यवर्ति क्षेत्रमा सञ्चालित होम—स्टेले पर्या पर्यटनमा निकै ठूलो सहयोग पु¥याईरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हशोक भण्डारी बताउँछन् । आफ्नो मुखको गास वन्यजन्तुबाट खोसिएकै कारण स्थानीयहरु त्यही वन्यजन्तुलाई देखाएर आयआर्जन गर्नकालागि होम—स्टेमा अग्रसर भएकाछन् उनले भने, –‘यसबाट वन्यजन्तुको संरक्षणमा सहयोग पुग्नुकासाथै पर्यापर्यटनको विकासमा टेवा पुगेको छ ।’ ठुल ठुला होटल खोल्न नसके पनि आफ्नै घरमा राखेर पाहँुनाहरुको स्वागत गरेर निकुञ्ज अवलोकन गराउन सहयोग गरिरहेको उनले बताए ।
निकुञ्ज र होम—स्टेको निकै घनिष्ट सम्बन्ध रहेको प्रमुख संरक्षण अधिकृत भण्डारीले उल्लेख गरे । होम—स्टे र निकुञ्जको नङ र मासुको जस्तो सम्बन्ध छ, उनले भने– ‘ पाहँुनाहरुलाई होम—स्टेमा राखेर थारु परिकारहरु खुवाएर, विभिन्न नाचगान देखाएर निकुञ्जमा हात्ती, र्गैडा, बाघ, बाँदर जरायो , मृग र गोही देखाउन ल्याउँछन्, पाहुना पनि खुसी भएर जानछन् ।’ वन्यजन्तुहरु संरक्षण गरेर, पर्यटकहरुलाई होटलको भन्दा सस्तोमा खाना खुवाएर बासको पनि राम्रै व्यवस्था गरि दिएर मध्यवर्तिका बासिन्दाहरु निकुञ्जलाई निकै ठुलो योगदान दिईरहेको बउनले बताए । निकुञ्जले पनि समय समयमा होम—स्टे सञ्चालकहरुलाई विभिन्न किसिमको तालिमको व्यवस्था गरिदिनुका साथै अन्य सामाग्रीमा पनि सहयोाग गर्दै आएको प्रमुख संरक्ष अधिकृत भण्डारीले जानकारी दिए ।
