काठमाडौं, १२ पुस । किसानका सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा उत्रिएको छ।
किसानलाई मल र बिउको व्यवस्था गरिनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने, पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो।
जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ।

