• ट्रेण्डिङ्ग :
सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान

सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान


  • 4.1K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान

    काठमाडौं २५ भदौ/ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गरेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिए । 

    images

    “सामुदायिक क्याम्पसलाई क्युएएको चक्रभित्र प्रवेश गराउँदै गुणस्तर कायम गराउनु आवश्यक छ”, उनले भने । उनले क्युएए प्रमाणीकरण गरेको प्रत्येक वर्ष अनुगमन गर्ने जानकारी दिँदै सोहीअनुरुप गुणस्तरलाई कायम राख्न क्याम्पस एवं विद्यार्थीलाई सुझाव दिए । 

    समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। पेशल दाहालले सामुदायिक क्याम्पसको गुणस्तर बढ्दै गएको बताए । रजिस्ट्रार प्रा डा दाहालले शैक्षिक संस्थामा प्रागिक गतिविधिबाहेकका वैकल्पिक प्रभाव पर्न नदिन सुझावसमेत दिए । 

    कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले क्याम्पस र विद्यार्थीको मेहनतका कारण गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको प्रमाणीकरण प्राप्त भएको जनाउँदै क्याम्पसको समग्र गुणस्तर उकास्ने कार्यमा निरन्तर अगाडि बढेको बताए । रासस


    तेस्रो आँखा