• ट्रेण्डिङ्ग :
पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध


  • 3.6K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    भरतपुर (चितवन) ।  सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

    अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

    पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।


    तेस्रो आँखा