काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतबारदेखि प्रज्ञा भवनमा जारी छ। आइतबार उद्घाटन भएको महाधिवशेनको आज ११ बजेदेखि बन्दसत्रको तयारी भइरहेको छ।
प्रज्ञा भवनको हल क्षेमता भन्दा प्रतिनिधिको संख्या बढी भएपछि व्यवस्थापनमा समस्या भइरहेको माओवादीले जनाएको छ। अहिलो प्रज्ञा भवनको बाहिर प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण भइरहेको छ।
बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहार्ल प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने छन्। अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने छ । बन्दसत्रमा कूल एक हजार छ सय ३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो।
