दाङ २९ भदौ/ दाङका तीन पालिकाहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा भदौ ३१ गते सार्वजनिक विदा दिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा भदौ ३१ गते सार्वजनिक विदा दिएका हुन् ।
ति पालिकाहरुले थारु समुदायको बड्का अट्वारीको अवसरमा पालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको सूचना जारी गर्दै जानकारी दिएका हुन् । यसअघी लुम्बिनी प्रदेश सरकारले पनि विज्ञेप्ती निकालेर थारु समुदायको बसोबास रहेको दाङसहित बाँके बर्दियामा अट्वारी पर्वको अवसरमा थारु समुदायलाई विदा दिएको छ । आउँदो आईतबार पश्चिम नेपालका थारु समुदायले अट्वारी पर्व मनाउँदै छन् ।
