• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा 

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा 


  • 3.8K
    SHARES
    • भाद्र ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा 

    कैलाली ३० भदौ/ सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    images

    सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् । 

    कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् । 


    तेस्रो आँखा