• ट्रेण्डिङ्ग :
सुनको सिक्री लुटपाट, लुट्ने र किन्नेसहित चारजना पक्राउ

सुनको सिक्री लुटपाट, लुट्ने र किन्नेसहित चारजना पक्राउ


  • 5.7K
    SHARES
    • आश्विन २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.8K Views

    सुनको सिक्री लुटपाट, लुट्ने र किन्नेसहित चारजना पक्राउ

    काठमाडौं, ०२ असोज । सुनको सिक्री लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक ४४ वर्षीय सुरज गुरुङ, मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने ४८ वर्षीष अनवर हुसेन अन्सारी रहेका छन् । 

    images

    यसैगरी, सुन बिक्री गर्न सहयोग गर्ने भारतका ४७ वर्षीय शक्ति भौमिक र सुन खरिद गर्ने भारतकै ३० वर्षीय सचिन गाड्वेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    भदौ ५ गते अपराह्न ५ बजेतिर काठमाडौंको कुलेश्वर आवास क्षेत्रनजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखाल–१२ की अप्सरा श्रेष्ठको घाँटीमा लगाएको २ तोलाबराबरको सुनको लकेटसहितको सिक्री लुटिएको थियो । 

    घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 


    तेस्रो आँखा