• ट्रेण्डिङ्ग :
मन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक

मन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक


  • 5.0K
    SHARES
    • आश्विन २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    मन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक

    काठमाडौं २ असोज/ विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा छलफल गर्न बोलाइएको वार्तामा शिक्षक उपस्थित भएनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजका लागि बोलाइएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधि अनुपस्थित भएका हुन् ।

    images

    शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी आह्वान गरिए पनि मन्त्रालयको एकल प्रयत्नमा विधेयकमा परिमार्जन सम्भव नभएको भन्दै उनीहरू अनुपस्थित भएका हुन् । महासंघले दिएका सुझाव समावेश नगरी संसद्मा विधेयक पेस गरिएकामा उनीहरूको आपत्ति छ । महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ ।

    आफूहरू भोलिदेखि दबाबमूलक आन्दोलनमा उत्रने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । माग सम्बोधन गराउन असोज ३ गते काठमाडौंमा भेला भई बृहत् आन्दोलनको तयारी शिक्षकले गरेका छन् ।

     


    तेस्रो आँखा