• ट्रेण्डिङ्ग :
टीकापुर घटनाका बन्दी रिहा

टीकापुर घटनाका बन्दी रिहा


  • 7.0K
    SHARES
    • आश्विन ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 10.7K Views

    टीकापुर घटनाका बन्दी रिहा

    कैलाली ३ असोज/ टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा भएका छन् । कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् ।

    images

    कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी बुधबार रिहा भएका हुन् । बीरबहादुर २०७२ सालको भदौ १४ गते, प्रदीप २०७२ साल भदौ २८ गते र हरिनारायण घटना भएको भोलिपल्ट अथवा २०७२ सालको भदौ ८ गते पक्राउ परेका थिए ।

    तीनैजनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा कैद सजाय तोकिएको थियो । घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए । राजनीतिक पहुँच भएका कारण रेशम रिहा भएका तर सामान्य व्यक्ति नछुटेका भन्दै आलोचना भइरहेका बेला संविधान दिवसका अवसरमा तीनैजना रिहा भएका हुन् ।

    नाबालक श्रवण चौरी पनि बुधबार नै रिहा भएका छन । थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

    संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

    कैलाली कारागारबाट छुटेका तीनैजनालाई लिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संघीय सांसद अरुण चौधरी, नागरिक उन्मुक्तिका प्रदेश मन्त्री, सांसदसहितका व्यक्तिहरू कैलाली कारागार पुगेका थिए ।

    उनीहरुलाई टीकापुरमा नगर परिक्रमा गरी अभिनन्दन गराइने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । टीकापुर घटनामा संलग्न भएका ३० जना फरार छन ।


    तेस्रो आँखा